दलहरुबीच सहमति भए प्रधानमन्त्रीले पद त्याग्ने

२१ श्रावण २०६९, आईतवार १६:१७ मा प्रकाशित

काठमाडौं, २१ साउन । प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुबीच सहमति भए आफू कुनै पनि बेला पद त्याग्न तयार रहेको बताएका छन् । राष्ट्रपति रामवरण यादवले शीतल निवासमा आहवान गरेको सर्वदलीय छलफलमा प्रधानमन्त्रीले दलहरुबीच सहमति भए आफु तत्काल पद छाड्ने तयार रहेको बताएका हुन् । दलहरुबीच सहमति भए मलाई सरकारमा एकछिन पनि बस्न मन छैन, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागि एक नेताले भने ।
प्रधानमन्त्रीले आफूलाई काम गर्न नदिएको गुनासो पटक पटक पोखेका थिए । आफ्नै दलबाट अवरोध हुँदा ठूलो मूल्य चुकाएर शान्तिप्रक्रिया पूरा गरेको उल्लेख गर्दै उनले संविधान निर्माणमा भने मुख्य दलरुले असहयोग गरेको तर्क गरेका थिए ।
संविधानसभाको म्याद थपका लागि संविधान संशोधन गर्न, घोषित चुनाव गर्न पनि असहयोग गरेको उनको भनाइ थियो । ‘अहिले आएर बजेट ल्याउन पनि दिइएन,’ प्रधानमन्त्रीले गुनासो राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका