कागजपत्र विहिन आप्रवाशीलाई आगामी साता देखि देशनिकाला गर्ने ट्रम्पको चेतावनी

४ असार २०७६, बुधबार ०३:१८ मा प्रकाशित

वाशिंगटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि अनाधिकृत तवरले अमेरिकामा रहेका कागजपत्र बिहिन आप्रबासीहरु माथि देशव्यापी रुपमा धर पकड गरिने बताएका छन् ।

राष्ट्रपति ट्रंपले भनेका छन्, ‘अमेरिकामा गैर कानूनी तरिकाबाट बसोबास गर्दै आएका लाखौं आप्रबासीहरुलाई अर्को हप्तादेखि फर्काईने छ । युएस् इमिग्रेसन एजेन्ट मार्फत पक्राउ गरिने राष्ट्रपति ट्रम्पले लेखेका छन् ।

२०२० को निर्वाचनमा आफ्नो औपचारिक उम्मेद्वारी घोषणा कार्यक्रमको अघिल्लो रात राष्ट्रपतिले आफ्नो ट्विट्मा लेखेका छन् ‘गैर कानूनी तरिकाबाट बसेका ती बिदेशीहरुलाई छिटो भन्दा छिटो यो देशबाट हटाइने छ ।’

ट्रम्पले आज मंगलवार ओर्ल्यान्डो राज्यमा आयोजित बिशाल सभाबाट आफ्नो चुनावी क्यापेन सुरु गर्दै छन् । ठुलो संख्यामा अमेरिकाबाट फिर्ता पठाउन लागिएका भनिएका आप्रबासीका बिषयमा एसोसिएटेड प्रेसले प्रशासनको हवाला दिंदै लेखेको छ, ‘फिर्ता पठाउने तयारी गरिएका १० लाख भन्दा धेरै गैर कानूनी आप्रबासी भने संघिय अदालतले डिपोर्टेसन् अर्डर गरेर पनि अमेरिका भित्रै बसिरहेकाहरु हुने छन् ।’

हालसम्म आईसले सबैभन्दा धेरै सन् २०१२ मा ४ लाख ९ हजार ८ सय २४ जनालाई डिपोर्टे गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९