फ़्रेञ्चाइज रियालिटी शो भ्वाइस अफ नेपालको दोस्रो सिजन साउन देखि

४ असार २०७६, बुधबार ०३:०७ मा प्रकाशित

काठमाडौं । फ़्रेञ्चाइज रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ को औपचारिक थालनी भएको छ । दोस्रो सिजनको यो प्रतियोगिताको अडिसनमा सहभागि २३ सय प्रतिभामध्ये ब्लाइढड अडिसनका लागि एक सय जना भन्दा बढि छानिएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

छनोट भएका प्रतिस्पर्धिहरुले अब ब्लाइण्ड अडिसनमा आ–आफ्नो प्रस्तुती दिनेछन् । उनीहरु मध्येबाट उत्कृष्ट प्रतिभाहरुलाई कोचहरुले अर्को चरणका लागि छनोट गर्नेछन् ।

द भ्वाइस अफ नेपाल सिजन २ मा गायकत्रय दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा तथा गायिका आस्था राउत कोचको रुपमा छन् । अघिल्लो सिजनका दुई कोच सनूप पौडेल तथा अभया सुब्बाको स्थानमा लामा र राउत समावेश भएका हुन् ।

नेपाली संगीत क्षेत्रमा नया प्रतिभा भित्त्राउन कोचको भूमिका महत्वपूर्ण हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेल बताउ“छन् । साउनको पहिलो हप्तादेखि यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

सन् २०१० मा द भ्वाइस अफ हल्याण्डको नामबाट प्रारम्भ भएको गायन प्रतिभा खोज्ने रियालिटी शो द भ्वाइसको नेपाली संस्करण द भ्वाइस अफ नेपाल हो । ‘द भ्वाइस’ अहिले विश्वका १ सय ९१ देशमा फ्रेञ्चाइज शोका रुपमा चलिरहेको छ । गत वर्ष भएको पहिलो सिजनको द भ्वाइस अफ नेपालको विजेता सीडी विजय हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के

काठमाडौं । कलाकारिता क्षेत्रमा विशेष गरेर अभिनेत्रीहरु उमेर अनुसारका देखिदैँनन् । नेपालमा त्यो अवस्था कम भए पनि बलिउड, हलिउडमा खुबै

काठमाडौं- गायिका समिक्षा अधिकारीले नायक पल शाह र आफूबीच अनैतिक सम्बन्ध रहेको हल्ला चलेपछि मुख खोलेकी छन् । उनले आफूहरूबीच

काठमाडौं । शिल्पा शेट्टी कुनै समयकी सफल अभिनेत्री हुन् । उनले बलिउडका प्राय: कलाकारहरूसँग स्क्रिन सेयर गरेकी छिन् । ठूलो

आजको प्रमुख समाचार