इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन

४ असार २०७६, बुधबार ०३:०१ मा प्रकाशित

कायरो, ३ असार (एएफपी)। इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ ।

कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु भएको उहाँका वकिलहरुले जनाएका छन् ।

सन् २०१३ मा सैनिक शासकद्धारा अपदस्थ गरिएका मोर्सीको निधनका बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन गर्न अधिकारवादी समूहहरुले माग गरेका छन् ।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मोर्सीको निधनबारे निस्पक्ष छानबिनको माग गरेको हो । हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहार गरेकाले उहाँको निधन भएको हुनसक्ने एमनेस्टीको आशंका छ ।

मुस्लिम ब्रदरहुड दलले भने आफ्नो दलको नेताको निधनलाई हत्याको संज्ञा दिएको छ । राज्यद्धारा सञ्चालित टेलिभिजनले श्रोतहरुलाई उद्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटु सम्वन्धी समस्याका कारण निधन भएको जनाएको छ ।

उहाँ इजिप्टको पहिलो नागरिक राष्ट्रपति मानिनुहुन्छ । उहाँले आफ्नो जीवनकालमा विदेशीशक्ति, लडाकू समूह, न्याय क्षेत्र र सुरक्षा क्षेत्रसँग समेत ओजपूर्ण सम्वन्ध राख्नु भएको उहाँ निकटस्थहरुले जनाएका छन् ।

“अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उहाँ ढल्नुभयो, त्यसपछि तत्कालै उहाँलाई अस्पताल लगियो, तर अस्पतालले उहाँको निधन भइसकेको घोषणा ग¥यो” न्यायधिवक्ताको कार्यालयले भनेको छ ।

“उहाँलाई स्थानीय समयानुसार अपरान्ह ४।५० मा अस्पताल ल्याइएको थियो, त्यतिबेला उहाँको निधन भइसकेको थियो, शरिरमा घाउचोट देखिएको छैन,” अस्पताल श्रोतले भन्यो ।

उहाँका कारण अदालती कारबाहीमा बाधा नपुगोस भनेर उहाँलाई बाहिरको आवाज सुन्न नसकिने सिसाको पिँजडाभित्रबाट बयान दिन लगाइएको थियो ।

उहाँ सन् २०१२ को निर्वाचनमा राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्षमै अपदस्थ भएदेखि नै उहाँलाई आफ्ना परिवार तथा वकिलसँग समेत निकै कम मात्र भेट हुनेगरी कारागारमा राखिएको थियो ।

जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिन उहाँ अदालत उपस्थित हुनुभएको थियो ।

उहाँलाई अन्य तीन मुद्दाको निर्णयबमोजिम ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो । तर उहाँका समर्थकहरूले भने ती मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप लगाउदै आएका छन ।

उहाँको निधनप्रति धेरैले आशंका गरेकाले हिंसा भड्िकन सक्ने पुर्वानुमानसहित सरकारले इजिप्टमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन् । प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै

रियो दि जेनेरियो । ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा

काठमाडौं । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय

काठमाडौँ ।गृहयुद्ध टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानी सेनाले दाबी गरेको छ । सैनिक कू गरेका जनरल अब्देल फातक