कंगोको हिंसा भड्किएपछि लाखौं पलायन

४ असार २०७६, बुधबार ०२:५६ मा प्रकाशित

जेनेभा, ३ असार (एएफपी) – अफ्रिकी मुलुक कंगोमा विगत दुई सातादेखि भड्किएको अन्तर–जातीय हिंसाका कारण हजारौं व्यक्ति अन्यत्र पलायन भएको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकाय (युएनएचसिआर)ले कंगोको इटुरी प्रान्तमा भड्किएको हिंसा निकै संवेदनशील अवस्थामा पुगेको जनाएको छ । यही जुन महिनाको शुरुदेखि इटुरी प्रान्तका हेमा र लेन्डु जातिबीच एकअर्कामाथि आक्रमण भइरहेका छन् ।
जेनेमा आयोजित पत्रकार सम्मेलनमा युएनएचसिआरका प्रवक्ता बाबर बालोखले हिंसाका कारण करिब तीन लाख मानिस विस्थापित भएको जानकारी दिनुभयो । उहाँले तत्कालै कुनै कदम नचालिए यो हिंसा अझ ठूलो क्षेत्रमा फैलन सक्ने चेतावनी दिनुभयो ।
इटुरीका गभर्नर जाँ बामानिसा सैदीले हिंसाबाट विस्थापितको संख्या चार लाखको हाराहारीमा पुगिसकेको बताउनुभयो । उहाँले विस्थापितको सुरक्षा र हिंसा रोक्ने कार्य निकै जटिल बनेको बताउनुभयो ।
गत साता स्थानीय अधिकारीहरुले इटुरीमा एक दुई दिनकै अन्तरालमा ५० जनाभन्दा बढीको हत्या भएको बताएका थिए । अरु स्रोतले हिंसाका कारण ७० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् ।
दुई जातीय समुदायबीच हिंसा भड्किनुको खास कारण अझै स्पष्ट हुन सकेको छैन । तर सन् १९९९ देखि २००३ को बीचमा यिनै दुई समुदाय हेमा र लेन्डुबीचको हिंसाका कारण दशौं हजारको ज्यान गएको थियो ।
सन् २०१७ र २०१८ मा यी दुई जातिबीचको द्वन्द्वका कारण करिब ३ लाख ५० हजार विस्थापित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा

काठमाडौँ – रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका