विश्वकप क्रिकेट, इङल्यान्ड बलियो स्थितिमा

४ असार २०७६, बुधबार ०२:५४ मा प्रकाशित

म्यान्चेस्टर, ३ असार (एएफपी) । इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार इङल्यान्ड र अफगानिस्तानबीचको खेलमा इङल्यान्ड बलियो स्थितिमा पुगेको छ ।
टस जिती पहिले ब्याटिङ रोजेको इङल्यान्डले पहिलो इनिङमा ६ विकेटको क्षतिमा ३९७ रनको विशाल स्कोर बनाएको छ । इओन मोर्गनले धुँवाधार ब्याटिङ गर्दै ७१ बलमा १४८ रन बनाएका थिए । उनले आफ्नो इनिङमा १७ वटा छक्का र चार वटा चौका प्रहार गरेका थिए ।
इङल्यान्डका लागि जो रुटले ८८ तथा जोनी बेरिस्टोले ९० रन बनाएर आउट भएका थिए ।
अफगानिस्तानका तर्फबाट गुल्बदिन नाइब र दलत जाड्रानले तीनतीन विकेट लिएका थिए ।
विश्वकपको यस संस्करणमा अफगानिस्तानले यसअघि खेलको चारवटा खेलमध्ये कुनै पनि जित्न सकेको छैन । अफगानिस्तान यसअघि अस्ट्रेलिया, श्रीलंका, न्यूजील्यान्ड र दक्षिण अफ्रिकासँग पराजित भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई