प्रतिनिधिसभा बैठक अवरोध : सत्ता पक्ष र विपक्षका आफ्नै तर्क

४ असार २०७६, बुधबार ०२:४८ मा प्रकाशित

काठमाडौँ, ३ असार । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिनुभएको थियो । काङ्ग्रेसले भने सभामुखलाई बिहानै आफ्ना नेताले बोल्नुहुन्छ भनेर समय माग गरे पनि पहिला बोल्न समय नपाएको भन्दै विरोध गरेको जनाएको छ । सोही विषयमा निरन्तर अवरोधपछि आजको बैठक स्थगन गरिएको थियो ।

सो विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सङ्घीय संसद् भवनबाट बाहिरिने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्षको माग नाजायज भएको टिप्पणी गर्नुभयो । नेता नेपालले प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परानुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ, त्यसपछि प्रतिपक्षीेले बोल्न पाउनुपर्छ भन्नुभयो । “सभामुखको रुलिङ पनि त्यही हो, त्यो कुरा पालना नगर्नाले गलत संसदीय नजीर बसाल्न खोजेको देखिन्छ”, उहाँले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आज बिहान सभामुखलाई जनताका समसामयिक आवाजका विषयमा प्रतिपक्षी दलका नेताले बोल्नुहुन्छ भनी समय उपलब्ध गराउन माग गरिए पनि समय नपाइएको बताउनुभयो ।

“सभामुखले जबर्जस्ती प्रधानमन्त्रीलाई बोल्न समय दिनुभयो । हाम्रो दलका नेताले बोलिसकेपछि प्रधानमन्त्रीले बोल्दा सुल्टो पनि हुन्थ्यो र उठेका जनआवाजका विषयका जिज्ञासा सम्बोधन पनि हुन्थे”, प्रमुख सचेतक खाँणले भन्नुभयो ।

सङ्घीय समाजवादी पार्टी नेपालका बाबुराम भट्टराईले भने संसद् बैठक स्थगनका सम्बन्धमा सत्ता र प्रतिपक्ष दुवैको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गर्नुभयो । “प्रतिनिधिसभा भनेको जनता र जनताको हितमा सर्वाेत्तम अभ्यास गर्ने थलो हो । प्रक्रियागत ढङ्गले कसले अघि बोल्ने र कसले पछि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेर फाल्नु जनताको अभिमतको दुरुपयोग हो”, उहाँले भन्नुभयो । उहाँले सो घटनाको भत्र्सनासमेत गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा