मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै महासङ्घको हस्ताक्षर अभियान

४ असार २०७६, बुधबार ०२:३७ मा प्रकाशित

काठमाडौँ, ३ असार । नेपाल पत्रकार महासङ्घले सरकारले सङ्घीय संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै आजदेखि देशव्यापी हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरेको छ ।

विधेयकमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान रहेको भन्दै सरकारलाई फिर्ता लिनका लागि दबाब दिन महासङ्घका देशभर रहेका जिल्ला शाखा-प्रतिष्ठान शाखा र एसोसिएट संस्थामा आजदेखि बिहीबारसम्म हस्ताक्षर अभियान सञ्चालन गरिएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्कलित हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका