गुठी विधेयकको गलत प्रचार गरियोः प्रधानमन्त्री ओली

३ असार २०७६, मंगलवार १८:०६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकको विषयमा भ्रमपूर्ण प्रचार गरिएको बताएका छन् । ‘गुठी संस्थानले राम्रोसँग काम गर्न सकेन भन्ने गुठीयारबाटै आयो । यसलाई प्राधिकरणको रुपमा लैजाउँ भन्ने लाग्यो’ तर यसको प्रचार उल्टो भयो’ सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने । उनले सम्पदा संरक्षणका लागि गुठी विधेयक ल्याईएको दाबी पनि गरे ।

‘काठमाडौँ भित्र एउटा कुरा छ, बाहिर समस्या छ, वाहिर गुठीका नाममा जनता प्रताडित छन्’ ओलीले भने । विधेयकमा छलफल गर्ने थलो संसद भएको भन्दै प्रधानम्न्त्रीले विधेयक ल्याएपछि माइतीघर मण्डला पुगिहाल्न नपर्ने बताए । ‘देशलाई फाइदा हुने, लोकतन्त्रलाई फाइदा हुने विषयमा छलफल गरौं, समस्या सुन्न सरकार तयार छ’, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु