विकास बैंकले पनि मागे ब्रोकर लाइसेन्स

३ असार २०७६, मंगलवार १५:५६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३ असार । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले ब्रोकर लाइसेन्स दिन माग गरेकोे छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा रहेको राष्ट्र बैंकलाई सुझाव पठाउँदै एसोसियसनले विकास बैंकलाई पनि ब्रोकर लाइसेन्स दिन माग गरेको हो ।

एसोशिएसनले राष्ट्र बैंकलाई ११ बुँदे सुझाव पठाउँदै राष्ट्रिय स्तरका विकास बैंकहरुलाई (ब्याजदर अन्तर) स्प्रेट रेटलाई यथावत राख्नुपर्ने तर क्षेत्रिय स्तरका विकास बैंकहरुमा ब्याज बाहेक अन्य आम्दानीको स्रोत नरहेको भन्दै स्प्रेट रेट बढाउन माग गरेको छ । यस्तै व्याजदर अन्तर कायम गर्न गणना गरिने स्रोतको लागतमा संचालन लागतलाई समेत थप गरी गणना गर्ने व्यवस्था गर्न पनि एसोशियसनले सुझाव दिएको छ ।

पुर्नकर्जाको व्यवस्थाले बैंकहरुलाई पसिसिडिमा केही सहज भएको भन्दै पुर्नकर्जा कोषको आकार र समय दुबै बढाउनुर्पे, कल डिपोजिटको १५ प्रतिशतको सिमालाई पुर्नविचार गर्नुपर्ने, निक्षेप सुरक्षणको हालको व्यवस्थामा पुर्नविचार गर्नुपर्ने लगायतका सुझाव पनि एशोसिएसनले राष्ट्र बैंकलाई पठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

काठमाडौं । गत २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका