भारतीय सेनाद्वारा नेपालबारे लखनउमा सेमिनार

२१ श्रावण २०६९, आईतवार १३:४८ मा प्रकाशित

काठमाडौं, २१ साउन । भारत उत्तर प्रदेशको राजधानी लखनउस्थित भारतीय सेनाको सेन्ट्रल कमान्ड मुख्यालयले गत शुक्रबार र शनिबार नेपाल सम्बन्धमा सेमिनार आयोजना गरेको बुझिएको छ । राजनीतिक गतिरोधको अवस्थाबाट नेपाल आक्रान्त रहेको बेला यहांको राजनीतिक मामलासहित नेपाल र भारतसँग जोडिएका बृहत् विषयमाथि भारतीय सेनाले छलफल चलाएको हो । लखनउ क्यान्टोनमेन्टमा भएको छलफलमा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादसहित नेपाल मामिलामा जानकारी राख्ने भारतीय विज्ञहरूको सहभागिता रहेको बताइएको छ। बताइएअनुसार भारतीय प्राध्यापक एसडी मुनी, नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजन, जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक संगीता थपलियाल, भारतीय सेनाका पूर्वमेजर जनरलहरू दिपांकर बनर्जी र अशोक मेहतालगायतले कार्यक्रममा भाग लिएका थिए ।
विभिन्न पाँच सत्रमा चलेको सेमिनारमा भारतीय सेना र नेपाली सेनाबीचको सम्बन्धलाई कसरी थप मजबुत बनाउने भन्नेदेखि लिएर नेपालमा संविधानसभाको विघटनपछि विकसित नयाँ राजनीतिक परिस्थितिमा भारत(नेपाल सम्बन्धलाई कसरी अगाडि बढाउनेसम्मका विषयमाथि छलफल भएका थिए । भारतीय सेनाको सेन्ट्रल कमान्डले प्रत्येक एक वर्षको अन्तरमा नेपाल र चीन सम्बन्धमा यस्ता खाले सेमिनार गर्दै आएको स्रोतले बतायो । ुकरिब १० वर्षयता यस्ता खालका छलफल सेन्ट्रल कमान्डले गर्दै आएको जनाउंदै स्रोतले भन्यो, ‘खासगरी आफ्ना अधिकारीहरूलाई छिमेकी मुलुकका सम्बन्धमा जानकारी दिन यस्तो कार्यक्रम गरिन्छ ।’
नेपालमा नयाँ शक्तिहरूको समेत उदय भएका बेला उनीहरूसँग पनि भारत ुइन्गेजु हुनुपर्ने सुझाव छलफलमा आएका थिए । नेपालको मामिलामा भारतले हस्तक्षेप गर्छ भन्ने ुआशंकाु नेपालमा रहेको भन्दै अधिकांश सहभागीले त्यसलाई हटाउन गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए । स्रोतका अनुसार राजदूत जयन्त प्रसादले नेपालको वर्तमान राजनीतिक जटिलताबारे कार्यक्रममा जानकारी गराएका थिए । ‘अहिलेको परिस्थिति कता जान्छ भनेर कसैले भन्न सक्ने अवस्था छैन, नेपालको राजनीतिक अवस्था तरल छ,ु राजदूत प्रसादको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ुत्यसैले भारतले घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ ।’ भारतीय सेनाले नेपाललाई भूराजनीतिक दृष्टिकोणबाट महत्त्वपूर्ण मान्दै आएको छ र नेपाली सेनासँग उसको निकट संस्थागत सम्बन्ध छ । त्यसको संकेतका रूपमा नियुक्त भएको डेढ महिनामै पहिलो विदेश भ्रमणमा भारतीय सेना प्रमुख विक्रम सिंह चार साताअघि औपचारिक भ्रमणमा नेपाल आएका थिए ।

भारतको सैन्य कूटनीति पछिल्लो समय छिमेकी म्यान्मार र श्रीलंकामा बढी केन्द्रित भइरहँदा नेपालतर्फ विगतको तुलनामा कम ध्यान पुगेको केही भारतीय विश्लेषकहरूको धारणा रहँदै आएको सन्दर्भमा लखनउमा उक्त सेमिनार आयोजना गरिएको हो । लखनउको सैनिक सेमिनारले नेपालप्रतिको भारतीय सुरक्षा नीतिमा थप प्रस्टता ल्याउने सुत्रहरुको कथन छ । लखनउको छलफललाई नेपाल सरकारले पनि महत्त्वका साथ हेरेको काठमाडौंस्थित उच्च स्रोतको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर