मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको संख्या १०३ पुग्यो

३ असार २०७६, मंगलवार ०१:५८ मा प्रकाशित

विहार, २ असार (एएनआई)। भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १०३ पुगेको छ ।

“श्रीकृष्ण मेडिकल कलेज (अस्पताल) मा मात्रै मृत्यु हुनेको संख्या ८५ पुगेको छ,” अस्पतालका प्रमुख डा. सुनिल कुमार सिंहले एएनआईसँग भन्नुभयो ।

मुजफ्फरपुरको केजरीवाल हस्पतालमा थप एक जनाको मृत्यु भएपछि त्यहाँ मात्रै मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

विहारका मुख्य मन्त्री नितिशकुमारले यसै विषयमा सोमबार साँझ स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसँग बैठकको समेत आयोजना गर्नुभएको छ ।

उहाँले इन्सेफ्लाईटिसबाट मृत्यु भएकाको परिवारलाई चार लाख रुपैँया दिने घोषणा पनि गर्नुभएको छ ।

उहाँले रोग नियन्त्रणका लागि आवश्यक कार्य गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई निर्देशन दिनुभएको छ ।

टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले पनि धेरैलाई असर गरेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको

काठमाडौँ । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी)

एजेन्सी । फाइजर खोप लगाएपछि शरीरमा विकसित हुने एन्टीबडी तह दुई महिनापछि बिस्तारै घट्दै जाने दुई फरक अध्ययनले देखाएका छन्

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालको ठूलो हात छ,