इरानले आणविक सम्झौता उल्लङ्घन गरे प्रतिबन्ध लगाउनु पर्ने

३ असार २०७६, मंगलवार ०१:५६ मा प्रकाशित

जेरूसेलम, २ असार (एएफपी)। इरानले सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई उल्लङ्घन गरे तेहरानमाथि ‘अस्थायी प्रतिबन्ध’ लगाइनुपर्ने इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले सोमबार बताउनुभएको छ ।

इरानले यदि सम्झौतामा तोकिएभन्दा बढी यूरानियमको भण्डारण गरेमा उसलाई प्रतिबन्ध लगाई तत्काल प्रतिवाद गरिनुपर्ने इजरायली प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री नेतन्याहुले भन्नुभयो, “इरानले आफूद्वारा यस क्षेत्रका अन्य मुलुकको सुरक्षाप्रति गैरजिम्मेवार बन्दै आणविक सम्झौतालाई उल्लङ्घन गरेमा अन्तर्राष्ट्रिय समुदायले इरानमाथि तत्काल प्रतिबन्ध लगाउनुपर्छ ।”

इरानले सन् २०१५ मा अमेरिकासहितका विश्व शक्ति राष्ट्रहरू बेलायत, रूस, चीन, फ्रान्स, जर्मनी तथा यूरोपेली संघ गरेको सम्झौता उल्लङ्घन गरेमा आफूमाथि प्रतिबन्ध लगाउनका लागि सम्झौतामा नै सहमति जनाएको नेतन्याहुले दावी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेलअबिब । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको