कांग्रेसको माउ पार्टीसंगै भातृसंस्था पनि ध्रुवीकृत

२१ श्रावण २०६९, आईतवार १३:०६ मा प्रकाशित

काठमाडौं, २१ साउन । नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघभित्रको विवाद चुलिंदै गएपछि असन्तुष्ट पक्षद्वारा छुट्टै महाधिवेशनको घोषणा गरिएको छ । संस्थापन पक्षले आफुहरुलाई जानकारी नै नगराई महाधिवेशनको तिथीमिति तोकेको आरोप लगाउंदै संघ भित्रका ४८ जना असन्तुष्ट केन्द्रिय सदस्यहरुले छुट्टै महाधिवेशनको मिति तोकेका छन् ।
नेपाली कांग्रेसको एकीकरणपछि लामोसमय सम्म नेपाल विद्यार्थी संघको महाधिवेशन हुन सकेको थिएन । प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने महाधिवेशन तीन वर्ष पुग्दा पनि हुन नसकेपछि गत चैत्र ५ गते पार्टीले १०१ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । उक्त तदर्थ समितिले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद झनै चुलिएको थियो । असन्तुष्ट पक्षद्वारा आफ्ना २८ जना केन्द्रिय सदस्यको राजीनामासंगै पार्टीकार्यालयमै अनसन बसेपछि गत जेठ ३१ गते तदर्थ समिति पुनर्गठन गरी असन्तुष्ट पक्षका थप वीस सहित १२१ सदस्यीय कार्यसमितिको गठन गरिएको थियो ।
नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले गत साउन १८ गते काठमाडौंको दरवार हाइस्कूलमा एकपक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाई महाधिवेशनको मिति तय गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ । संघका अध्यक्ष रञ्जितले गरेको भेला एकलौटी भएको आरोप लगाउंदै उक्त भेलाले गरेको निर्णय वदर गरी संस्थापन र असन्तुष्ट दुवै पक्षका विद्यार्थीहरुको अर्को वैठक बोलाएर महाधिवेशनको नयां मिति घोषणा गर्न असन्तुष्ट पक्षले आग्रह गरेको छ । त्यसो नगरे आफुहरुले तय गरेको मितिमा आफ्नो पक्षको छुट्टै निर्वाचन गर्ने असन्तुष्ट पक्षका संयोजक एवं केन्द्रिय सदस्य ऋषिकेश जंग शाहले पत्रकार सम्मेलनमा जानकारी दिए । संयोजक शाहले तत्काल पार्टीले हस्तक्षेप गरी संघभित्रको विवाद नमिलाए आफुहरुले संस्थापन पक्षले घोषणा गरेको निर्वाचनमा भाग नलिने र पौष १६,१७ र १८ गते पर्साको विरगञ्जमा नेपाल विद्यार्थी संघको महाधिवेशन गरेरै छाड्ने दावी गरे । संघको संस्थापन पक्षले आगामी पौष २५,२६ र २७ गते झापा,लाहान,विराटनगर र काठमाडौं मध्ये कुनै एक स्थानमा महाधिवेशन गर्ने घोषणा गरेको थियो ।
संघको विधानविपरित गठन गरिएका अनुशासन समिति र निर्वाचन समिति भंग गरी आपसी सहमती र संघको विधान वमोजिम निर्वाचन र अनुशासन समिति गठन गर्नु पर्ने माग विज्ञप्तीमा गरिएको छ । संघको वर्तमान कार्यसमिति गठन हुनुभन्दा पहिला गठन गरिएका जिल्ला र क्याम्पसहरुका कार्यसमति र समतिहरु खारेजी गरी प्रत्येक जिल्ला र क्याम्पसहरुमा २÷२ जना नयां केन्द्रिय प्रतिनिधिहरु खटाई जिल्ला र क्याम्पसहरुमा अधिवेसन सम्पन्न गर्नुपर्ने माग विज्ञप्तीमा गरिएको छ । संघका केन्द्रिय सदस्य एवं संयोजक शाहले पार्टी नेतृत्व समक्ष एकताको आग्रह गर्दै आफुहरुका मुद्धाको सुनुवाइ भए एउटै महाधिवेशनबाट नेतृत्व चयन गर्न आँफुहरु तयार रहेको उल्लेख गरे ।
राष्ट्रियता कमजोर भएको वर्तमान अवस्थामा ‘जातीयता हैन आत्मियता खोजौं, साम्प्रदायिकता हैन राष्ट्रियता रोजौं’ भन्ने नाराकासाथ महाधिवेशनको छुट्टै मिति तय गरेको असन्तुष्ट पक्षले उसको राजनीतिक प्रस्तावमा विघटित संविधान सभाको पुनसर्थापनाको समेत माग गरेको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा समेत विघटित संविधान सभाको पुनस्र्थापनाको पक्षमा उभिदै आएका छन् । काठमाडौंको शंकरदेव क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा शैक्षिक र महाधिवेशनसम्वन्धि भिन्न प्रस्तावहरु प्रस्तुत गरिएको थियो । नेपाली कांग्रेस विभागीय प्रमुख नविन्द्रराज जोशी र संघको केन्द्रिीय समितिलाई छलेर संस्थापन पक्षले गरेको महाधिवेशन घोषणाको कुनै औचित्य नरहेको वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्