बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा १० जनाको मृत्यु, पाँच घाइते

३ असार २०७६, मंगलवार ०१:५३ मा प्रकाशित

बझाङ, २ असार । सदरमुकाम चैनपुरको डुङ्ग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो डौठीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पुरानो जीप उकालो जाँदा गेयर नलागेर दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् ।

दुर्घटनामा परी मष्टा गाउँपालिका–१ का कलकबहादुर खड्का, उनकी श्रीमती ३८ वर्षीया जुनधारा खडका र १७ वर्षका छोरा सुनील खड्काको मृत्यु भएको छ।

यस्तै सोही वडाका २३ वर्षका हिक्मत खडका, ५९ वर्षीया धौली खड्का, ६५ वर्षीया जुना खडका, ३० वर्षका भक्त द्वाल, २७ वर्षीया लक्ष्मी द्वाल, चालक २२ वर्षका सुरेन्द्र थापा र ९ वर्षकी विनिता खड्काको मृत्यु भएको सुदूरपश्चिम क्षेत्रका प्रहरी प्रमुख डीआईजी सुरज केसीले जानकारी दिए।

चैनपुरबाट गएको प्रहरी टोलीले भीरमा गएर ५ जना घाइतेको उद्धार गरेको छ। वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरीक्षक महानन्द जोशीले भीरमा अड्किएका घाइतेको तीन घण्टालगाएर उद्धार गरिएको बताए।

सई जोशीले दिएको जानकरी अनुसार जीप भीरमा अड्किएको थियो र मान्छेहरू यत्रतत्र छरिएका थिए जसका कारण उद्धारमा एकदमै कठिनाइ भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायवउपरीक्षक सूर्यबहादुर केसीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । गम्भीर घाइते तीन जनालाई भने हेलिकप्टरबाट नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुनार जानकरी दिए ।

गम्भीर घाइते, मृतक कलक खड्काकी छोरी संगीता खडका, २८ वर्षका गोकुल शाही, २८ वर्षकै अनिता द्वाललाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ। यस्तै २२ वर्षका जनक द्वाल र १० वर्षका गणेश खड्काको चैनपुरस्थित जिल्ला अस्पतलमा उपचार भइरहेको छ।

दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीनवटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ । एमालेबाट