हेटौँडाको चुरियामाई मन्दिरनजिक दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

३ असार २०७६, मंगलवार ०१:४६ मा प्रकाशित

मकवानपुर, २ असार । हेटौँडाबाट पथलैया जाँदै गरेको यात्रुवाहक बस हेटौँडाको चुरियामाई मन्दिरनजिक सडकबाट खोलामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना५ख ४०१५ नम्बरको बस सडकबाट खोलामा खस्दा हेटौँडाकी २५ वर्षीया पार्वती अधिकारीको मृत्यु भएको हो ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरिएको छ । उनीहरुको हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा छ जना गम्भीर घाइते भएकाले भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । तीव्र गतिमा गुडेको बस घुम्तीमा अनियन्त्रित भएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका