असारभित्र पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने

३ असार २०७६, मंगलवार ०१:४० मा प्रकाशित

काठमाडौँ, २ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता रकम लिन अनुरोध गरेको छ ।

तोकिएको समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावित लाभग्राही सूचीमा सूचीकृत भए पनि अनुदान सम्झौता गर्न आएका छैनन् ।

आज अपराह्नसम्मको तथ्याङ्कअनुसार आठ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये सात लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् । भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आ–आफ्नो वडा कार्यालयहरुमा सम्पर्क राख्नुपर्छ । अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीलाई असार मसान्तभित्र पहिलो किस्ताको अनुदान रु ५० हजार लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

अनुदान सम्झौता गरेका सात लाख ६६ हजार ३१७ मध्ये आजसम्म सात लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् । असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम सूचीबाट हटाइने सहप्रवक्ता घिमिरेले बताउनुभयो । प्राधिकरणको मापदण्डअनुसार घरको जग हालेपछि लाभग्राहीले दोस्रो किस्ताको रु एक लाख ५० हजारका लागि निवदेन दिन सक्छन् । लाभग्राहीलाई अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन स्थानीय तहले सहयोग गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार