लोकसेवा आयोगको विज्ञापनविरुद्ध पुनः रिट निवेदन

३ असार २०७६, मंगलवार ०१:३८ मा प्रकाशित

काठमाडौँ, २ असार । सर्वोच्च अदालतमा लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध पुनः रिट निवेदन दायर भएको छ । स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आज आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका हुन् ।

स्थानीय तहको स्वीकृत दरबन्दीमा अविच्छिन्न रुपमा अस्थायी र करार सेवामा काम गरिरहेका कर्मचारीको योगदानलाई बेवास्ता गर्दै विज्ञापन गरेको हुँदा सो परीक्षा रोक्न रिट निवेदनमा भनिएको छ । निवेदनमा आन्तरिक प्रतिस्पर्धाका लागि केही सिट आरक्षण हुनुपर्ने माग गरिएको छ ।

सर्वोच्च अदालतमा स्थानीय तहका विभिन्न पदका लागि आयोगले जारी गरेको विज्ञापनविरुद्ध आजसम्म चार वटा रिट निवेदन दायर भइसकेका छन् । लोकसेवाले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरु जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको हो । यी तीन निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका