एकनाथ ढकालले ओलीसँग मागे ‘सांसद पद’

२ असार २०७६, सोमबार १६:३६ मा प्रकाशित

काठमाडौँ, २ असार । एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले प्रधानमन्त्रीसँग संसदमा आफ्नो दलको प्रतिनिधित्व माग गरेको छ । अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी चुनावका बेला भएको सहमति अनुसार संसदमा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् ।

ढकालले चुनावका बेला भएको तीनबुँदे सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको दाबी गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा ढकालले राष्ट्रिय सभामा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् । प्रधानमन्त्री ओलीले भने यसबारे पार्टीभित्र छलफल गर्ने जवाफ दिएको बताईएको छ ।

ढकालले भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधब कुमार नेपालसँग पनि छलफल गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने