राष्ट्र बैंक पुग्यो सनराइज बैंकको ‘सीईओ’ नियुक्ति विवाद

२ असार २०७६, सोमबार १४:२० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २ असार । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिको विवाद चुलिएको छ । बैंकका सञ्चालक शैलेन्द्र गुरागाईंले सीईओ निरज श्रेष्ठको नियुक्ती रोक्न माग गर्दै राष्ट्र बैंकमा असहमति पत्र दर्ता गराएका छन् ।

स्वार्थ अनुकुल केहि सञ्चालकले एक पक्षीय रुपले निर्णय गरि तत्कालै नियुक्ति पत्र दिएको भन्दै उनले असहमति जनाएका छन् । एजेन्डामा ‘प्रमुख कार्यकारी नियुक्ति सम्बन्धमा’ भनि भ्रमित शिर्षक राखेर निर्णय गरिएको गुरागाईको आरोप छ ।

‘प्रमुख संस्थापक सेयरधनीहरु मध्ये सबैभन्दा बढी सेयरको प्रतिनिधित्व गर्ने सञ्चालक र सर्बसाधारण शेयरधनीको तर्फबाट करिव ८० प्रतिशत प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई गुमराहमा राखी त्यस्ता सञ्चालकको अनुपस्थितिमा हतार हतार निर्णय गरेको कार्यप्रति असहमति प्रकट गर्दछु’ असहमति पत्रमा उल्लेख छ ।

बैंकको जेठ २२ गतेको सञ्चालक समितिको बैठकले बहुमतका आधारमा निरज श्रेष्ठलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको