चीन सम्बन्धी विधेयक खारेजको माग गर्दै २० लाख हङकङबासी सडकमा

२ असार २०७६, सोमबार ११:३७ मा प्रकाशित

हङकङ, २ असार । अपराध सम्बन्धी मुद्दामा आफ्ना नागरिक चीनलाई सुपुर्दगी गर्ने सम्बन्धी विवादास्पद विधेयकको हङकङमा विरोध अझै जारी छ । प्रदर्शनमा २० लाख प्रदर्शनकारी सहभागी भएको दाबी गरिएको छ । यो प्रदर्शनलाई हङकङको इतिहासमा सबैभन्दा ठूलो मानिएको छ ।

सरकारले विवादास्पद विधेयक स्थगित गरेको छ । तर प्रदर्शनकारीले स्थगित मात्रै नभई खारेज नै गर्नुपर्ने माग राखेका छन् । उनीहरुले हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयक खारेज नगरेसम्म प्रदर्शन नरोकिने चेतावनी दिएका छन् ।

प्रदर्शनकारीहरुले कार्यकारी प्रमुख क्यारी लामको राजीनामा समेत माग गरेका छन् । विधेयकको विषयमा प्रदर्शन चर्किँदै गएपछि गत शनिबार हङकङकी प्रमुख कार्यकारी क्यारीले तत्कालका लागि सुपुर्दगी विधेयक स्थगन गर्ने घोषणा गरेकी थिइन् ।

हङकङ सन् १८४१ देखि ब्रिटिश उपनिवेश अन्तर्गत संचालित थियो तर सन् १९९७ देखि भने चीनको भागमा पर्यो । आफ्नै न्यायीक स्वतन्त्रता, विधायक र आर्थिक अवस्था भएपनि हङकङ एक राष्ट्र दुई नीति अन्तर्गत चल्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको

काठमाडौँ । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा परी भएको

सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप