मौसमविद् भन्छन्, ‘अझै तीन दिन पानी पर्दैन’

२ असार २०७६, सोमबार ११:१८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २ असार । गर्मी अझै ३ दिन निरन्तर बढ्ने भएको छ । देशका विभिन्न स्थानको तापमान अझै बढ्ने मौसमविद्ले बताएका छन् । समयमै मनसुन प्रवेश नगरेका कारण गर्मी कम हुने सम्भावना नरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

२ देखि ३ दिनभित्रमा नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गर्ने र नेपालभरी फैलिन एक हप्ता लाग्ने उनले बताए । सोमबार र मंगलबार दिउँसोसम्म पानी पर्ने मात्रै नभई बादल लाग्ने समेत सम्भावना नरहेको तर भोली बेलुकाबाट भने केही सितल महशुस हुने पौडेलको भनाई छ ।
बङ्गालको खाडीबाट आएको वाष्पयुक्त वायु अहिले भुटानमा पुगिसकेको छ ।

यसवर्ष सबैभन्दा धेरै नेपालगञ्जमा तापक्रम मापन गरिएको छ । शुक्रबार नेपालगञ्जमा ४३।७ डिग्री सेल्सियस तापमान मापन गरिएको मौसम विभागले जनाएको छ ।

भारतको केरला राज्यमा ८ जुनबाट मनसुन सुरु भएको थियो । यसवर्षको मनसुन औसत अनुमानभन्दा १ हप्ता ढिलो सुरु भएको थियो । भारतमा सुरु भएको मनसुन नेपािलमा सामान्यतय १० दिनमा प्रवेश गर्ने गरेको भएपनि यसवर्ष भने अझै प्रवेश गरेको छैन । नेपालमा १७ जुनमा मनसुनले प्रवेश गर्ने अनुमान गरिए पनि मौसमविद्ले केही दिन ढिलो हुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी