पचासी वर्षमा फेरि बिबाह

२१ श्रावण २०६९, आईतवार १२:२६ मा प्रकाशित

वासिङ्टन । पतिपत्नीबीच झगडा परेर सम्बन्ध बिच्छेद भएपछि पुनः सम्बन्ध जोडिएका घटना बिरलै भेटिन्छन् । तर, कुरा नमिलेर सम्बन्ध विच्छेद गरेको झण्डै आधा शताब्दीपछि ८५ वर्षका एक जोडीको फेरि लभ परेको घटना चाहिं दुर्लभ नै मान्नुपर्छ । यस्तै दुर्लभ घटना अमेरिकामा भएको छ । टिन एजमै प्रेम भएर बिबाह गरेका तर पछि डिभोर्स गर्न पुगेका रोल्यान्ड डेभिस र लेना हेन्डरसनले अब फेरि बिहे गर्ने भएका छन्।
उनीहरुकी कान्छी छोरी रेनिटा चादविक भन्छिन्, ‘बाआमाको फेरि बिबाह हुने कुराले हामी त निकै उत्साहित छौँ। फेरि बच्चै छौँ जस्तो लागिराछ।’ तर , खासमा त उनी पनि हजुरआमा भइसकेकी छिन्। उनी ‘बाबुआमा त मिलेकै राम्रो, सबै सन्तानले चाहने नै त्यही हो’ भन्छिन्।
डिभोर्सपछि डेभिस र हेन्डरसन दुवैले अर्को बिहे गरेका थिए, तर दुवैको जोडीको मृत्यु भइसकेको छ। डेभिसकी दोस्री श्रीमतीको मृत्यु जनवरीमा भएको थियो भने हेन्डरसन धेरै अघि नै विधवा भएकी थिइन्।
गएको इस्टरमा फोनबाट डेभिसले बिहे गरौँ न भनी प्रस्ताव राखेपछि पुनर्सम्बनधको सुरुवात भएको थियो । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको