पेट्रोलियम पदार्थको मूल्य घट्यो

२ असार २०७६, सोमबार ०८:४१ मा प्रकाशित

काठमाडौँ, २ असार । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुई घटाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । साथै हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

आजको प्रमुख समाचार