नम्रता श्रेष्ठको जाइरा टिजरमा

२ असार २०७६, सोमबार ०८:३५ मा प्रकाशित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । ०७६ भदौ ६ गतेका लाई रिलिज डेट तोकेको चलचित्र ‘जाइरा’ले टिजर सार्वजनिक गरिएको हो ।
आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छिन् । नमैतास“गै ‘जाइरा’मा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ लगायत कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

‘जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

निर्देशक आशुतोष राज श्रेष्ठले एक्सन चलचित्रमा काम गर्ने इच्छा ‘जाइरा’ले पूरा गरेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा