विश्वकप क्रिकेटमा सदाबहार प्रतिष्पर्धी पाकिस्तानलाई हराउदै भारत विजयी

२ असार २०७६, सोमबार ०८:३१ मा प्रकाशित

म्यान्चेस्टर, २ असार ।  विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो ।

३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो ।

पाकिस्तानले ४० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन मात्रै बनाएपछि ८९ रनले हार ब्यहोरेको हो । पाकिस्तानका लागि फखर जमानले ६२ रन बनाए । त्यस्तै, बाबर अजामले ४८ रन बनाउँदा इमाद वासिमले अविजित ४६ र शादब खानले अविजित २० रन बनाए ।

विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानलाई वर्षाले निकै दुःख दियो ।

यता, भारतका लागि विजय शंकर, हार्दिक पाण्ड्या र कुलदीप यादवले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनाएको थियो । भारतको लागि ओपनर रोहित शर्माले शतक बनाउँदै उकासेका थिए । रोहितले १४० रन बनाएर आउट भए । उनले ११३ बलमा १४ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर केएल राहुलले ५७ रन बनाए ।

पहिलो विकेटका लागि रोहित र राहुलले १३६ रनको साझेदारी गर्दै भारतलाई उकासेका थिए । त्यस्तै, विराट कोहली ७७ रन बनाउँदा हार्दिक पाण्ड्या भने २६ रनमा आउट भए ।

बलिङतर्फ मोहम्मद अमिरले तीन विकेट लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल