अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

२ असार २०७६, सोमबार ०८:२६ मा प्रकाशित

ग्वाटेमाला,  २ असार, (एएफपी): मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ । प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा छ जना महिना र एक जना बच्चा पनि रहेको जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये २० जना हैटीका र चार जना गिनीका रहेका छन् ।
प्रहरीले पक्राउ गरिएका सबै आप्रवासीलाई ग्वाटेमालाको राजधानीस्थित अस्थायी शिविरमा ल्याइएको जनाएको छ ।
गत वर्ष मेक्सिको–अमेरिका सीमामा भेला भएका ठूलो संख्याका आप्रवासीहरु ग्वाटेमाला हुँदै गएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई नरोके अमेरिकी सहायता बन्द गर्ने चेतावनी दिनुभएको छ ।
गत शुक्रबार पनि प्रहरीले क्यामरुन र बुर्किनाफासोका १३ जना आप्रवासीलाई ग्वाटेमालाको सीमामा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।पदयात्रामा जाने पर्यटकलाई पदयात्रा अनुमति पत्र जारी गर्नेसहितका काम अध्यागमन विभागबाट दशैंको दुई दिन बन्द हुने भएको छ ।

काठमाडौं । पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को

काठमाडौँ । कोरोना महामारीका कारण स्वदेश फर्कन नपाएका विदेशी नागरिकले आगामी पुस मसान्तसम्म आफ्नो बसाई अवधि लम्ब्याउन पाउने भएका छन्

काठमाडौँ । सरकारले ‘अध्यागमन कार्यविधि, २०६५’ संशोधन गरेको छ। बुधबार गृह मन्त्रालयको मन्त्रीस्तरीय कार्यविधिको दफा ३.१ को उपदफा (२)को खण्ड (घ) संशोधन

आजको प्रमुख समाचार