भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति बसिर अभियोजनकर्ताको कार्यालयमा उपस्थित

२ असार २०७६, सोमबार ०८:२३ मा प्रकाशित

खार्तूम, २ असार (एएफपी)। सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ ।

उहाँमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ । अधिकारीहरूले पूर्व राष्ट्रपतिमाथि लगाइएका आरोपबारे अनुसन्धानका लागि उहाँलाई झिकाइएको हो ।

बसिरलाई अनुसन्धानका लागि उपस्थित गराइँदा उहाँ सुडानको परम्परागत पहिरनमा हुनुहुन्थ्यो । उहाँलाई कडा सुरक्षाका साथ राजधानीस्थित कोबर जेलबाट अभियोजनकर्ताको कार्यालयमा ल्याइएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

बसिरलाई सत्ताच्युत गरिएपछि पहिलो पटक उहाँलाई सार्वजनिकरूपमा देखाइएको हो । उहाँलाई गत अप्रिल ११ मा सेनाको सहयोगमा पदच्युत गरिएको थियो ।

सुडानका पूर्व राष्ट्रपति बसिरलाई भ्रष्टाचार आरोपबारे सुनुवाईका लागि यसै अदालतमा उपस्थित हुने शनिबार यहाँका अधिकारीले जानकारी गराएका थिए ।

सुडानी कार्यबाहक महाअभियोजक अल वालीद सैयदले भन्नुभयो, “सुडानमा भ्रष्टाचार र अवैधरूपमा विदेशी मुद्रा आर्जन गरेको आरोप अदालतमा परेकोले यसबारे सुनुवाईका लागि उहाँलाई अदालतमा उपस्थित हुन निर्देशन दिइएको थियो ।”

तर शनिबारको सूचनामा उहाँलाई कुन दिन उपस्थित गराउने भन्नेबारे सुडानी अधिकारीले थप विवरण भने दिएका थिएनन् ।

लामो समयसम्म देशमा भ्रष्टाचार विरोधी आन्दोलन र महङ्गीको विरोधमा सुडानी जनताले गरेको प्रदर्शनपछि गत अप्रिलमा सुडानी सैनिक जनरल अब्देल फताह अल बुर्हानल ३० बर्ष सुडानमा नेतृत्वमा रहेका बसिरलाई सेनाको सहयोगमा पदच्युत गर्नुभएको थियो ।

सैनिक शासक बुर्हानका अनुसार बसिरलाई पदच्युत गरेपछि उहाँको घरबाट ११ करोड ३० लाख अमेरिकी डलर बराबरको विभिन्न तीन विदेशी मुद्रा जफत गरिएको वर्तमान् प्रशासनले दावी गरेको छ ।

जस अन्तर्गत प्रहरी, सेना र सुरक्षा अधिकारीले उहाँसँगबाट ७० लाख यूरो, तीन लाख ५० हजार अमेरिकी डलर र १० करोड ५० लाख अमेरिकी डलर बराबर सुडानी पाउन्ड जफत गरेको पनि बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा

काठमाडौँ – रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका