नवगठित माओवादी जिल्ला भेलामा

२१ श्रावण २०६९, आईतवार १२:०४ मा प्रकाशित

काठमाडौं, २१ साउन । नवगठित नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द ुविप्लवुले वर्तमान राजनीतिक संकट समाधान गर्नको लागि वृहत राजनीतिक गोलमेच सम्मेलनको आवश्यक्ता रहेको दोहोर्याएका छन्। केही राजनीतिक दलले संविधानसभा पुनःस्थापना र नयाँ निर्वाचनको माग गरेकोमा दुवै आवश्यक नरहेको धारणा रुकुममा आयोजित एक कार्यक्रमबीच उनले अघि सारे ।
संविधानसभालाई विघटन गराएर पुनः संविधानसभाको निर्वाचन या यसैको पुनस्र्थापना गर्नु भनेको नेपाली जनताको मतको अवमूल्यान गर्नु हो भन्दै उनले क्रान्तिकारी पत्रकार महासंघद्धारा आज रुकुम सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘देशलाई राजनीतिक तथा संवैधानिकरुपमा बन्दी वनाउनमा ४ दलका ४ नेता जिम्मेवार रहेका छन्, एकिकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र मधेशवादी दलका गरि ४ नेताले ६ सय १ जना सभासदलाई संविधानसभाको मलामी बनाएका हुन्, रिसोर्ट धाउने नेताहरुको प्रवृतिले गर्दा संविधानसभाको विघटन नभई विघटन गराइएको हो ।’

रुपान्तरण हुनुको साटो प्रचण्ड, बाबुरामले झन झन देश र जनतालाई धोका दिने सन्धी सम्झौता गर्न थालेपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको नेता चन्दको तर्क थियो। पार्टी स्थापना भएपछि पहिलो पटक नवगठित नेकपा माओवादीले आइतबार जिल्ला भेलाको आयोजना गरेको छ। भेला तथा प्रशिक्षणको लागि पार्टीसचिव विप्लव, केन्द्रिय सदस्य सन्तोष वुढा र पूर्ण घर्ती, नेतृ जयपुरी घर्ती लगायत नेताहरु रुकुम पुगेका छन्। कार्यकर्ता भेलामा जिल्लाभरका करिब ४ सय कार्यकर्ता सहभागी हुने नेकपा माओवादीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने बताएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित

काठमाडौँ । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ । विश्वका

आजको प्रमुख समाचार