मन्थली–लुक्ला उडानलाई निरन्तरता दिन विमान कम्पनीलाई पत्राचार

१ असार २०७६, आईतवार १५:३९ मा प्रकाशित

निरोज कुमार थापा, १ असार । काठमाडौंबाट सोलुखुम्बु क्षेत्रमा जाने पर्यटकले जहाज चढ्न रामेछापको मन्थली विमानस्थल पुग्नुपर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले कायम राखेको छ । प्राधिकरणले लुक्ला उडान भरिरहेका चार वायुसेवा कम्पनीलाई पत्र पठाउँदै रामेछाप–लुक्ला उडानलाई निरन्तरता दिन भनेको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको काम भईरहेकाले वसन्त ऋतुमा हुने सगरमाथा सहितका हिमाल आरोहणका लागि काठमाडौंबाट हुँदै आएको लुक्ला उडान रामेछाप सारिएको थियो । विमानस्थलको धावनमार्ग मर्मतको काम सकिएपछि काठमाडौँबाटै लुक्ला उडान हुने भनिएपनि प्राधिकरणले विमान कम्पनीलाई मन्थलीबाटै उडान भर्न भनेको छ ।

प्राधिकरणले त्रिभुवन बिमानस्थलमा हवाई चाप बढ्दो क्रममा रहेको र यसले ट्राफिक जामका हुो गरेको भन्दै काठमाडौंबाट भइरहेको लुक्ला उडान रामेछाप सार्नुपरेको जनाएको छ । पहिलो सिजन रामेछाप–लुक्ला उडान सफल भएकाले आगामी सिजनमा पनि यसलाई निरन्तरता दिइएको प्राधिकरणको भनाइ छ ।

हवाई भाडा घटेन

काठमाडौं–लुक्ला हवाई भाडा पर्यटकका लागि औसत १७५÷१७८ डलर छ । रामेछापबाट लुक्ला उडाउँदा १५० डलरसम्म लिने गरेको पाइएको छ । दूरीले काठमाडौं–लुक्लाको तुलनामा रामेछाप–लुक्ला आधा जस्तै पर्न जान्छ । काठमाडौंबाट लुक्ला पुग्न ४० मिनेट लाग्छ । रामेछापबाट लुक्ला अधिकतम २२ देखि २५ मिनेट लाग्छ ।

पर्यटन व्यवसायीले भने दुरी घटेपनि भाडा नघट्नु गलत भएको बताएका छन् । दुरी अनुसार भाडादर समायोजन गर्नुपर्ने उनीहरुको तर्क छ । प्राधिकरणले भने यस विषयमा सरोकारवालासँग छलफल गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१