भारत विरुद्ध पाकिस्तानले पहिले बलिङ गर्ने

१ असार २०७६, आईतवार १५:०९ मा प्रकाशित

इंगल्याण्ड, १ असार । इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । म्यानचेष्टरमा हुने खेलमा पाकिस्तानले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको छ । बर्षाले खेल बिथोल्न सक्ने भएकोले पाकिस्तानलाई टस जित्दा ठुलो फाइदा भएको छ ।

भारतको तर्फबाट विजय शंकरले विश्वकपमा डेब्यु गर्ने भएका छन् ।

दुई टोली बीचको पछिल्लो भेटमा भारत बलियो देखिन्छ । पछिल्लो पाँच खेलमा भारतले ४ तथा पाकिस्तानले १ खेल मात्र जितेको छ । सन् २०१७ मा भएको आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएर उपाधि जितेको थियो । त्यसपछिको दुई भेटमा भने पाकिस्तान भारतसंग पराजित भएको छ । विश्वकपमा भने हालसम्म पनि पाकिस्तानले हराउन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ

काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम