जापान र अष्ट्रेलियाबाट नेपाली बिद्यार्थी नपठाउँन पत्राचार

१ असार २०७६, आईतवार १४:५९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १ असार । सरकारले ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेपछि अध्ययनको लागि विदेश जाने बिद्यार्थीहरु प्रभावित भएका छन । सरकारको यस निर्णयबाट बिशेष गरी अष्ट्रेलिया र जापान जाने तयारीमा रहेका बिद्यार्थीहरु धेरै प्रभावित भएका छन ।

सरकारले कुनै सल्लाह नगरी नो अब्जेक्सन लेटर जारि गर्ने काम बन्द गरेको भन्दै कन्सल्टेन्सी व्यवसायीहरु आन्दोलित भएका छन । यसै बिषयलाई लिएर गत शुक्रबार जेठ ३१ गते जापान पठाउने एजुकेशन कन्सलटेन्सी व्यवसायीहरु शिक्षामन्त्रालयको छात्रवृत्ति शाखा केशर महल पुगेर आफ्नो समस्या सुनाएका थिए ।

शिक्षा मन्त्रालय नो अब्जेक्सन लेटर शाखाका उपसचिब महेश्वर शर्मालाई भेटेर जापान बिद्यार्थी पठाउने कन्सल्टेन्सीहरुको एक समुहले सरकारको निर्णयले आफूहरु निकै मर्कामा परेको र काम ठप्प भएको गुनासो पोखेका छन । तर शर्माले १२ कक्षासम्म स्कुल लेवल नै हुने भएकाले स्कुल लेवलका लागि विश्वविद्यालयमा पढ्न नपठाउने भन्दै मन्त्रालयको निर्देशन अनुसार लेटर दिन रोकेको जवाफ दिएका छन ।

सरकारको अहिलेको निर्णयले अब बिश्वबिद्यालय पढ्न विदेश जानेले मात्र नो अब्जेक्सन लेटर पाउनेछन । तर जापानको सन्दर्भमा भाषा पढ्न जाने हो । नेपालमा एन ५ लेभल पढेपछि विद्यार्थी जापान जान्छन । भाषा पढ्न र डिप्लोमा तहमा जानका लागि एनओसी नदिने सरकारको निर्णयले जापान जान चाहनेको ढोका करिब करिब बन्द हुने अवस्था सृजना भएको छ । बिशुद्ध भाषा मात्रै पढ्न जाने र २ वर्षसम्म भाषा अध्ययन गरिसकेपछि मात्रै उनीहरु विश्वविद्यालय वा अन्य एकेडेमिक कोर्स अध्ययनका लागि जान पाउँछन ।

त्यस्तै नेपालबाट अस्ट्रेलिया अध्ययनको लागि जाने बिद्यार्थीहरु मध्ये ठुलो हिस्सामा डिप्लोमा र सर्टिफिकेट लेभलमा जाने गर्थे। तर सरकारको यस निर्णयले अष्ट्रेलियामा डिप्लोमा र सर्टिफिकेट लेभल अध्ययनको लागि जानेहरु मात्र नभई अध्ययन गराउनको लागि कलेज नै स्थापना गरेकाहरुको लगानी समेत धरापमा परेको छ ।

बिद्यार्थी नपठाउँन पत्र

सरकारले संविधान कार्यान्वयन गर्ने भन्दै नयाँ व्यवस्थाअनुसार १२ कक्षासम्म स्कुल लेभल भएकाले बिश्वबिद्यालयमा मात्र पढ्न जान दिने तर डिप्लोमा र डिप्लोमा लेभल पढ्नलाई नो अब्जेक्सन लेटर नदिने बताएको छ ।

तर अष्ट्रेलिया, जापान, मौरिसस लगायत करिब ९ वटा देशका नेपाली दुतावासले त्यहाँका नेपाली बिद्यार्थीहरुमा ‘डिप्रेसन’ ‘फ्रष्टेशन’ मा परेको भएको भन्दै बिद्यार्थी नपठाउँन पत्र पठाएको खुल्न आएको छ । गर्नु पर्ने काम, हुने कमाई र पढाईका लागि दिनु पर्ने समय जस्ता आवश्यक कुरामा पर्याप्त सूचना विनै विद्यार्थी अष्ट्रेलिया पुगेपछि उनीहरु तनावमा पर्ने गरेको उक्त पत्रमा उल्लेख छ ।
‘अष्ट्रेलिया आउन चाहने उत्साही विद्यार्थीलाई आवश्यक जानकारी दिनु जरुरी छ’ उक्त पत्रमा भनिएको छ, ‘यसका लागि सरकारले उचित संयन्त्र निर्माणका लागि काम गर्नु पर्ने देखिन्छ ।’

अष्ट्रेलिया लगायतका नेपाली दुतावासले बिद्यार्थी नपठाउन आशयको पत्र पठाएपनि सरकारले भने अहिलेलाई डिप्लोमा र सर्टिफिकेट लेभलको लागि मात्र नो अब्जेक्सन लेटर दिनलाई रोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत