‘गुठियारको नाममा बोलिन्छ, गरिबको नाममा किन नबोल्ने ?’

१ असार २०७६, आईतवार १३:०५ मा प्रकाशित

काठमाडौँ, १ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक सांसद शान्ता चौधरीले गुठी विधेयक गरिबको किसानको पक्षमा आएको दाबी गरेकी छिन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न गरिन्, ‘हातमा ठेला उठाएर, काँध खुइल्याएर कूत बुझाउने मोही–किसानको नाममा बोल्ने कि नबोल्ने ? मन्दिरका नाममा बोलिन्छ, मूर्तिको नाममा बोलिन्छ, गुठियारहरूको नाममा बोलिन्छ, गरिब–किसानको नाममा बोल्ने कि नबोल्ने ?’ उनले थपिन्, ‘चर्को गरी बोलेका कुरा मात्रै भावनात्मक हुन्छन् ? भोकभोकै हलो जोत्नेहरूको कुनै भावना हुँदैन ?’

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार