गुठी विधेयकबारे विरोध खतिवडाको गीत,‘बुझ्नेले कुरा नबुझेपछि………’

१ असार २०७६, आईतवार १२:४५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १ असार । सत्तारुढ दलका सांसद विरोध खतिवडाले गुठी विधेयकको समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समयमा खतिवडाले गुठी विधेयकलाई लिएर गुठीयार र सरकारबीच दुरी बढेको भन्दै वार्ताका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने “अहिले सरकार र गुठीयारको बीचमा ३६ को आँकडा छ । त्यसका बाबजुत पनि हाम्रो कुरा बुझिएन भनेर दुईटैले गाना चाही एउटै गाईरहेका छन् । बुझ्नेले कुरा नबुझेपछि मनमा पिर नलिएपछि, सरकार गालामा हात लगाएर यो गाना गाइरहेको छ । गुठीयारहरु यही गाना गाईरहेका छन् । बुझ्नेले कुरा नबुझेपछि मनमा पिर नलिएपछि, मसाल त समात्नै पर्यो जुलुशमा हिड्नै पर्यो भनेर ।”

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु