परामर्श प्रभावकारी नभएको संकेत

२१ श्रावण २०६९, आईतवार ११:४६ मा प्रकाशित

काठमाडौं, २१ साउन । राजनीतिक संकट निकासका लागि राष्ट्रपति डा. रामवरण यादवले विघटित संविधानसभाका २७ दलसँग शीतल निवासमा छलफल गर्नुभएको छ । संविधानसभा विघटन भएको दुई महिनामा पनि निकास ननिस्केपछि राष्ट्रपतिले दिवाभोजसहित नेताहरुलाई शितल निवास बोलाउनुभएको हो । राष्ट्रपतिले मुलुकप्रतिको दायित्वबोध गर्दै निकास निकाल्न आग्रह गरे पनि पूर्वानुमान अनुसार नेताहरुले आआफ्नो अडान नछाडेका बुझिएको छ। यसपटकको भेट पनि राष्ट्रपतिले सहमतिका लागि आग्रह गर्ने र नेताहरुले दलगत धारणा राख्नेमै सीमित रहेको शितल निवास सुत्रले जनायो ।

कतिपय नेताहरु आफ्नो भनाइ राखेर बिचैमा निस्किए । शीतल निवासमा छलफल चलिरहँदा प्रधानमन्त्री बाबुराम भट्टराई आधा घण्टा निस्किएर फर्के भने कांग्रेस नेता शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार, कांग्रेस केन्द्रीय सदस्य रामशरण महत पनि बिचैमा बाहिरिएका थिए । बाहिर निस्केर उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राष्ट्रपतिसंग आफूले नयाँ जनादेशको विकल्प नभएको धारणा राखेको बताए । ‘लोकतान्त्रिक मुलुकमा हरेक पाँच वर्षमा चुनाव हुन्छ, संविधानसभा चुनाव भएको पनि पाँच वर्ष भयो, मंसिर ७ मा चुनाव नहुने भएपछि कानुनी र संवैधानिक निकास खोजी राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ’ गच्छदारले भने ।
यसैगरी कांग्रेस नेता रामशरण महतले ‘एमाले र कांग्रेसले सरकारले मार्गप्रसस्त गरेपछि सहमतिको प्रक्रिया सुरु हुन्छ भनिरहेका छन् तर माओवादी संविधानसभा विवादित विषयमा सँगसँगै सरकारमा सहमति जुटाऔं भनिरहेको छ, अविश्वास यहिँ छ’ भन्ने कुरा राख्दा राष्ट्रपतिले संविधानसभा विघटन भएको दुई महिना बितिसक्यो, निर्वाचनको तयारी हुन सकेन, आर्थिक प्रशासनिक समस्या बढेका छन्, संवैधानिक रिक्तता हुने अवस्थामा चाँडै सहमतिमा पुग्नुपर्छ भन्ने धारणा अघिसारेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार