न्यूरोडमा स्मार्ट पार्किङ सुरु

१ असार २०७६, आईतवार १०:४७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १ असार । राजधानीको व्यापारिक केन्द्र न्यूरोडमा आइतबारदेखि स्मार्ट पार्किङ सुरु भएको छ । स्मार्ट पार्किङको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् ।

त्रिभुवनको सालिकदेखि दायाँ र बायाँ पर्किङ गर्न सकिने छ । पार्ककेटीएम एपबाट स्मार्ट पार्किङको बुकिङ गर्न सकिने छ । बुक गरेको १५ मिनेटमा सवारी साधन पार्किङ क्षेत्रमा पुगिसक्नु पर्नेछ । उक्त स्थानमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जनाईएको छ ।

न्यूरोडमा ५ स्थानमा स्मार्ट पार्किङको व्यवस्था गरिएको पार्किङ सञ्चालक कम्पनी ह्वील्स ट्रुलीयोर्सले जनाएको छ । कम्पनीका अनुसार रामेश्वरम, विशालबजार, खिचापोखरी, धर्मपथ र पाकोमा पार्किङ गर्न मिल्ने व्यवस्था मिलाईएको छ ।

यी स्थानमा ८ सय मोटरसाईकल र ६० वटा चार पाङ्ग्रे गाडी पार्किङ गर्न सकनिे छ । मोटरसाईकलका लागि प्रतिघण्टा २५ रुपैयाँ र गाडीको लागि प्रतिघण्टा ८० रुपैया शुल्क लाग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको