एनआरएनए अध्यक्ष प्रत्याशी कुमार पन्त क्यानडा भ्रमणमा

१ असार २०७६, आईतवार १०:४५ मा प्रकाशित

टोरोन्टो । गैर आवासीय नेपाली संघ एनआरएनए क्यानडाको आयोजनामा समसामयिक विषय वस्तुमा विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

क्यानडाका लागि नेपाली राजदूत भृगु ढुँगाना र एनआरएनएका अध्यक्ष प्रत्याशी कुमार पन्तको उपस्थितिमा आगामी जुन २२ तारिखका दिन पाटीओ ब्याङ्क्विटमा उक्त कार्यक्रम हुने भएको हो। पन्त जापानमा भएको नेपाली मेलामा सहभागि भएर क्यानाडा आउन लागेका हुन् ।

उक्त कार्यक्रममा सहभागी हुनका लागि आयोजक संथाले नेपाली समुदायका बुद्धिजिवी, भद्रमहिला, संस्था पदाधिकारी र सल्लाहकार, ब्यवसायी र पत्रकारहरुलाई स्वागत एवम् अन्तरक्रिया कार्यक्रम सफल बनाउनका लागि उपस्थिति हुनपनि अनुरोध गरेको छ।

उक्त कार्यक्रम साँझ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको भर्चुअल बैठकले कार्य समितिको निर्वाचन तथा महाधिवेशन आगामी ३०

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषदको कार्यकालसमेत समाप्त भएको छ । गैरआवासीय नेपाली संघको विधान परिच्छेद ६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले