नेकपा सांसदले नै मागे सञ्चारमन्त्रीको राजीनामा

१ असार २०७६, आईतवार ०९:४५ मा प्रकाशित

काठमाडौँ, १ असार । सत्तारूढ दल नेकपाका सांसद रामवीर मानान्धरले सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । गुठी प्रथालाई सामन्तवाद भनेको भन्दै उनले तत्काल राजिनामा माग गरेका हुन् ।

सांसद मानन्धरले भने, ‘सरकारको प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।’ मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको भन्दै मानन्धरले थपे, ‘संचारमन्त्रीजी, कि क्षमा माग्नुस्, कि राजिनामा दिनुस् ।’

गुुठियारहरुलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु हुने उनको चेतावनी छ ।

कांग्रेस सांसद भीमसेनदास प्रधानले सञ्चारमन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु