कोपा अमेरिकामा अर्जेन्टिनाको खराब सुरुवात, पहिलो खेलमै पराजित

१ असार २०७६, आईतवार ०९:३९ मा प्रकाशित

ब्राजिल, १ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगीताको आफ्नो पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँगा २–० ले पराजित भएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कोलोम्बियाले २ गोल गर्दै अर्जेन्टिनालाई हराएको हो । ७१ औं मिनेटमा रोजर मार्टिनेजले उत्कृष्ट गोल गर्दै कोलोम्बियालाई अग्रता दिलाएका थिए ।

कोलोम्बियाले ८६ औं मिनेटमा अग्रता दोब्बर बनायो वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डुभान जपाटाले जेफर्सन लेर्माको पासलाई सदुपयोग गर्दै कोलोम्बियाको अग्रता दोब्बर पारे ।

अर्जेन्टिना रहेको समूह बी मा कतार, कोलोम्बिया र पाराग्वे रहेका छन् । अब अर्जेन्टिनाले अर्को खेलमा बुधबार पाराग्वेसँग खेल्नेछ । शनिवार राति नै भएको समुह ए को खेलमा भेनेज्वुएला र पेरुबीचको खेल गोल रहित बराबरीमा सकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान र श्रीमतीबीच विवादपछि कुटाकुट हुँदा श्रीमानको मृत्यृ भएको छ भने श्रीमती गम्भिर घाइते

बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय