विश्वकप क्रिकेटमा भारत र पाकिस्तान खेल्दै, वर्षातले प्रभावित पार्न सक्ने

१ असार २०७६, आईतवार ०९:३४ मा प्रकाशित

इंगल्याण्ड, १ असार । इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटका चार खेल वर्षातका कारण रद्द भएका छन् । भारत र पाकिस्तानबीच आइतबार दिउँसो हुने खेल पनि वर्षाले अवरुद्ध हुने सम्भावना बढेको छ ।

म्यानचेष्टरमा दिउँसो ३ः१५ बजे हुने खेलमा वर्षा वाधक बन्न सक्ने पूर्वानुमान गरिएको छ । ओल्ड ट्राफोर्डको मैदानमा हुने खेलमा ६३ प्रतिशत वर्षा हुने सम्भावना छ ।

भारतको यसअघिको खेल पनि वर्षाले गर्दा रद्द भएको थियो । भारत र न्यूजिल्याण्डको खेल रद्द भएको हो । दुवै टिम अहिलेसम्म अपराजित छन् ।

एक्युवेदरका अनुसार वर्षाको सम्भावना ६३ प्रतिशतसम्म छ ।

उक्त स्थानमा १० बजे ४३ प्रतिशत , ११ बजे ४७ प्रतिशत, १२ बजे ५१ प्रतिशत, १ बजे ४७ प्रतिशत, २ बजे ३४ प्रतिशत, ३ बजे ३४ प्रतिशत, ४ बजे ४० प्रतिशत, ५ बजे ५१ प्रतिशत, ६ बजे ४७ प्रतिशत र ७ बजे ४५ प्रतिशत वर्षा हुने सम्भावना छ ।

दुई टोली बीचको पछिल्लो भेटमा भने भारत बलियो देखिन्छ । पछिल्लो पाँच खेलमा भारतले ४ तथा पाकिस्तानले १ खेल मात्र जितेको छ । सन् २०१७ मा भएको आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएर उपाधि जितेको थियो । त्यसपछिको दुई भेटमा भने पाकिस्तान भारतसंग पराजित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।बिहीबार रिपब्लिकन सेन्ट्रल

काठमाडौं । साविकको विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलन भने विजयी भएका छन् । बुधबार राति

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने