सुडानका पूर्व राष्ट्रपति बसिर आगामी साता अदालतमा उपस्थित हुने

१ असार २०७६, आईतवार ०२:१० मा प्रकाशित

खार्तूम, सुडान, ३२ जेठ न् । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई भ्रष्टाचार आरोपबारे सुनुवाईका लागि आगामी साता अदालतमा उपस्थित हुने शनिबार यहाँका अधिकारीले जानकारी गराएका छन् ।

सुडानी कार्यबाहक महाअभियोजक अल वालीद सैयदले भन्नुभयो, “सुडानमा भ्रष्टाचार र अवैधरूपमा विदेशी मुद्रा आर्जन गरेको आरोप अदालतमा परेकोले यसबारे सुनुवाईका लागि उहाँलाई अदालतमा उपस्थित हुन निर्देशन दिइएको छ ।”

तर उहाँलाई कुन दिन उपस्थित गराउने भन्नेबारे सुडानी अधिकारीले थप विवरण भने दिएका छैनन् ।

लामो समयसम्म देशमा भ्रष्टाचार विरोधी आन्दोलन र महङ्गीको विरोधमा सुडानी जनताले गरेको प्रदर्शनपछि गत अप्रिलमा सुडानी सैनिक जनरल अब्देल फताह अल बुर्हानल ३० बर्ष सुडानमा नेतृत्वमा रहेका बसिरलाई े सेनाको सहयोगमा पदच्युत गर्नुभएको थियो ।

सैनिक शासक बुर्हानका अनुसार बसिरलाई पदच्युत गरेपछि उहाँको घरबाट ११ करोड ३० लाख अमेरिकी डलर बराबरको विभिन्न तीन विदेशी मुद्रा जफत गरिएको थियो ।

प्रहरी, सेना र सुरक्षा अधिकारीले उहाँसँगबाट ७० लाख यूरो, तीन लाख ५० हजार अमेरिकी डलर र १० करोड ५० लाख अमेरिकी डलर बराबर सुडानी पाउन्ड जफत गरेका बुर्हानले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा

काठमाडौँ – रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका