राष्ट्रपति ‘परामर्श’मा

२१ श्रावण २०६९, आईतवार ०६:३८ मा प्रकाशित

काठमाडौं, २१ साउन । मुलुकको राजनीतिक सङ्कट अन्त्यको पहलका लागि राष्ट्रपति डा. रामवरण यादवले विघटित संविधानसभाका सबै दलका शीर्षस्थ नेतासंग आज परामर्श गर्दै हुनुहुन्छ । संविधानसभा विघटन भएको दुई महिना बितिसक्दा पनि दलहरुबीच सहमति कायम हुन नसकेपछि तत्काल राजनीतिक निकासका निम्ति आग्रह गर्न राष्ट्रपतिले सामुहिक छलफल गर्न लाग्नुभएको हो । अहिले बिहान ८ बजे हुने छलफल तथा परामर्शका लागि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी तथा मधेसी मोर्चामा आवद्ध दलहरुलाई बोलाइएको छ । दलहरु सहमतिका लागि बैठकसमेत बस्न नसकिरहेका बेला राष्ट्रपतिले मुलुकको अवस्था जटिल बन्दै गएकोले ध्यानाकर्षण गराउन छलफल थाल्नुभएको हो । यसअघि छुट्टाछुट्टै भेटघाटका लागि शितल निवास पुगेका मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टीलाई भने आजको छलफलमा नबोलाइएको बुझिएको छ ।
यसैबीच, राष्ट्रपतिबाट राजनीतिक गत्यारोध अन्त्यका लागि केही प्रयास नगरी असंवैधानिक प्रधानमन्त्रीलाई टेवा पुर्याउने काम मात्र गर्नुभएको भनी चौतर्फी आलोचना हुन थालेका कारण छलफलको प्रयास गरिएको कतिपयले दाबी गरेका छन् । यसरी गरिएको छलफलबाट समाधानको खासै उपाय ननिस्किने उनीहरुको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका