जमानीमा रिहा भएका युुट्युबर प्रनेश फेरि पक्राउ

३२ जेष्ठ २०७६, शनिबार १४:५१ मा प्रकाशित

काठमाडौँ, ३२ जेठ । हाजिरी जमानीमा रिहा भएका युुट्युबर प्रनेश गौतम पुनः पक्राउ परेका छन् । गौतमलाई महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फिल्म ‘वीर विक्रम–२’ को समीक्षा गरेकै कारण साइबर अपराधको आरोपमा पक्राउ परेका गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतिय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएपछि हिरासतमै राखिएको हो ।

मुद्दा दर्तापछि शुक्रवार नै पेशी तोकिएपनि सरकारी वकिल उपस्थित नभएपछि बहस हुन सकेन । थुनछेक बहस आइतबारका लागि सरेको छ । प्रहरीले गौतमलाई सात दिनअघि निर्देशक मिलन चाम्सको उजुरीका आधारमा पक्राउ गरेको थियो । चाम्सले गौतमविरुद्ध अभद्र खालको टिप्पणी गरेर कलाकारको मानहानि गरेको भन्दै उजुरी दिएका थिए ।

चलचित्र समीक्षक समाजले विज्ञप्ति जारी गर्दै प्रनेशको पक्राउ विद्युतीय कारोबार ऐनको अपव्याख्या र दुरुपयोग भएको ठहर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ