धुलिखेलमा टिफर दुर्घट्ना, चालकको मृत्यु

३२ जेष्ठ २०७६, शनिबार १४:४२ मा प्रकाशित

काभ्रे, ३२ जेठ । काभ्रेमा टिफर दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ । धुलिखेल नगरपालिका ११ स्थित काभ्रे भञ्ज्याङ सिमल बोटमा शनिबार विहान करिब ५ः३० बजे भकुण्डेबेशीबाट काभ्रेभन्ज्याङ तर्फ आउदै गरको बा २ क ४६७५ नं. को लोड टिफर दुर्घट्नामा परेको हो ।

काभ्रे प्रहरीका अनुसार निधन हुनेमा चालक गोरखा जिल्ला गण्डक गाउँपालिका वडा नं. ६ ध्यालचोकका २६ वर्षीय भुपेन्द्र रेग्मी रहेका छन् ।

टिफर सडकबाट १०० मिटर तल खसेको बताईएको छ । प्रहरीले रेग्मीलाई सोही टिफरले च्यापी रहेको अवस्थामा उद्धार गरी उपचारको लागी धुलिखेल अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्यानसाथ उनलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार