रोजगारीको आश देखाएर बेचबिखन गर्ने दुई जना पक्राउ

३२ जेष्ठ २०७६, शनिबार १२:४८ मा प्रकाशित

काठमाडौँ, ३२ जेठ । वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन गर्ने दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले रोजगारीको प्रलोभन देखाएर विदेशमा लगेर बेच्ने खोटाङका ३६ वर्षीय राहुल थापा र संखुवासभाका ४४ वर्षीय लोकमान राईलाई पक्राउ गरेको हो । राई यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा थुनामा परेर रु १० लाख धरौटीमा रिहा भएका थिए ।

ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले पाँच लाखदेखि आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पुर्याएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्दक बनाउने कार्यमा संलग्न रहेकालाई पक्राउ गरिएको जानकारी दिए ।

पीडितलाई ब्यूरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र आप्रवासी सङ्गठनको पहलमा नेपाल ल्याईएको छ ।
पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी