पैसा नपाएपछि सचिन तेन्दुलकरद्वारा मुद्दा दायर

३२ जेष्ठ २०७६, शनिबार ११:३४ मा प्रकाशित

दिल्ली, ३२ जेठ । भारतीय लिजेन्ड सचिन तेन्दुलकरले खेलकुदका सामान बनाउने अस्ट्रेलियन कम्पनी स्पार्टन विरुद्ध मुद्दा दायर गरेका छन् । कम्पनीले सामान प्रचारका लागि आफ्नो नाम र तस्बिर प्रयोग गरेर भुक्तानी नदिएको भन्दै सचिनले मुद्दा दर्ता गरेका हुन् । उनले उक्त कम्पनीसँग २० लाख डलरको रोयल्टी दाबी गरेका छन् ।

सन् २०१६ मा सचिन र स्पार्टनबीच भएको सम्झौता अनुसार कम्पनीले खल सामग्री बनाउँदा सचिनको नाम र फोटो प्रयोग गर्ने सो वापत सचिनलाई १० लाख डलर दिने उल्लेख थियो । कम्पनीको प्रचारका लागि सचिन एकपटक लन्डन र मुम्बईमा समेत गएका थिए । तर, कम्पनीले सेप्टेम्बर २०१८ सम्म कुनै भुक्तानी नदिएपछि उनले मुद्दा दायर गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।