वंगलादेशमा आरक्षण व्यवस्था खारेज, सरकारी नियुक्ति खुल्ला परीक्षाबाट

३२ जेष्ठ २०७६, शनिबार १०:२७ मा प्रकाशित

एजेन्सी, ३२ जेठ । वंगलादेश सरकारले आरक्षण व्यवस्था खारेज गरेको छ । स्वतन्त्रता संग्रामका सेनानीका सन्तान, महिला लगायतले पाउँदै आएका सबै आरक्षण खारेज गरेको हो ।

अहिले पनि दक्षिण एशियाका आधा भन्दा बढी मुलुकहरुमा आरक्षणको व्यवस्था छ । वंगलादेश सरकारले निजामती सेवामा दिँदै आएको आरक्षणप्रति विरोध सुरु भएपछि बिहीबार आरक्षण खारेज गरेको हो । यस आरक्षणको विरुद्धमा केही दिनदेखि वंगलादेशमा विरोध प्रदर्शन भईरहेको थियो । वंगलादेशमा महिलाको लागि जम्मा १० प्रतिशत आरक्षण दिईएको थियो ।

क्याविनेट सचिव मोहम्मद शफिउल आलमले भने कि लोक सेवाको शीर्ष स्तरीय पदको लागि कोटा व्यवस्था पूरा तरहले खारेज गरिएको छ । तर, स्थानीय तहमा भने केही आरक्षण राखेको छ । उनले भने कि सबै भन्दा धेरै कर्मचारी माग्ने सरकारी सेवामा सबै पदपूर्ती परीक्षाबाट खुल्ला रुपमा नै गरिनेछ ।

प्रदर्शनकारीले १० प्रतिशत आरक्षण राख्न माग गरेका थिए भने सरकारले त्यसको बदलामा व्यवस्था नै खारेज गरिदिएको छ । प्रदर्शनकारीहरुले आरक्षणको सहि उपयोग हुन नसकेको आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा