कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात

३२ जेष्ठ २०७६, शनिबार ०९:४४ मा प्रकाशित

ब्राजिल, ३२ जेठ । घरेलु मैदानमा सुरु भएको कोपा अमेरिका फुटबल प्रतियोगीतामा ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार विहान भएको उद्घाटन खेलमा बोलिभियामाथि ३–० गोल अन्तरको जित निकाल्दै ब्राजिलले विजयी सुरुवात गरेको हो । ९ औं पटक उपाधि जित्ने अभियानमा रहेको ब्राजिललाई जिताउन फिलिपे काउटिन्होले दुई र एभर्टनले एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल भएका हुन् । खेलको ५० औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै काउटिन्होले गोल गरेका थिए । पहिलो गोल गरेको तेस्रो मिनेटमै काउटिन्होले हेडर गोल गरे । उनले रोबर्टो फिर्मिनाको पासमा गोल गरेका थिए । ८१ औं मिनेटमा डेभिड नेरेसलाई रिप्लस गर्दै मैदान छिरेका एभर्टनले ८५ औं मिनेटमा फर्नान्डिन्होको पासमा ब्राजिलका लागि तेस्रो गोल गरे ।

जितसँगै समुह ए मा रहेको ब्राजिलले तीन अंक जोड्दै शीर्ष स्थान ओगटेको छ । ब्राजिलले प्रतियोगिताको दोस्रो खेल आगामी बुधबार भेनेजोयला विरुद्ध खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति