लोकसेवा पढ्ने बिद्यार्थी भन्छन्, ‘युवाको भविष्यमाथि खेलवाड गरियो, अब असह्य भयो’

३२ जेष्ठ २०७६, शनिबार ०९:३६ मा प्रकाशित

काठमाडौँ, ३२ जेठ । लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिले स्थानीय तहमा कर्मचारी भर्नाका लागि प्रकाशित बिज्ञापन रोकिए कडा कडा संघर्ष गर्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलन गर्दै समितिले ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न सरोकारवालालाई सचेत गराएको छ ।

समितिका संयोजक मंगल थापाले प्रकाशित विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने बताए । राजनीतिक स्वार्थका लागि लाखौं युवाको भविष्य विगार्ने चलखेल विगतदेखि नै हुँदै आएको भन्दै थापाले यसपटक आफूहरु चुप नलाग्ने चेतावनी दिए । उनले भने,‘देशमा सधै युवाको भविष्यमाथि खेलवाड गरियो, अब असह्य भयो ।’

समितिका सहसंयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको लोकसेवाको विज्ञापनले देशमा दुरगामी असर पार्न सक्ने चेतावनी दिए । उनले भने,‘यस्ता कदम युवा विरोधी हुन् ।’

अभियन्ता पदमबहादुर खत्रीले आफूहरु समावेशी व्यवस्थाको विरोधी नभएको तर समावेशीको नाममा युवाको भविष्य अन्धकार बनाउन खोजिएको आरोप लगाए । देशमा यस्तै अवस्था बनिरहे आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सौहार्द बनाउन आग्रह गरेका छन् । उनले कांग्रेसको जारी

आजको प्रमुख समाचार