अमेरिका इरानबीच वार्ताका लागि चीनको आग्रह

३२ जेष्ठ २०७६, शनिबार ०२:५५ मा प्रकाशित

बेइजिङ, ३१ जेठ (एएफपी) । ओमानको सामुद्रिक क्षेत्रमा पेट्रोलियम पदार्थ (तेल) लिएर आफ्नो गन्तव्यतर्फ हिँडिरहेका दुई ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिका इरानबीच वार्ताका लागि चीनले आग्रह गरेको छ । बिहीबार ट्याङ्करमाथि भएको आक्रमणमा इरानको सम्लग्नता रहेको अमेरिकाले आरोप लगाएको छ भने इरानले घटनामा आफ्नो सम्लग्नता नरहेको जनाएको छ । तर चीनले घटनाले खाडी क्षेत्रको समस्यालाई चर्काउनसक्ने भन्दै यसप्रति समयमै संयमता अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले पत्रकारसँगको नियमित भेटमा शुक्रबार भन्नुभयो, “तेल ट्याङ्करमाथि भएका आक्रमणबारे सम्बन्धित पक्षले आफ्ना मतभिन्नतालाई सही तरिकाबाट समाधान गर्नसक्ने विश्वास चीनको रहेको छ । उनीहरूले द्वन्द्वलाई वार्ता र परामर्शबाट टुङ््याउनु राम्रो हुनेछ ।” उहाँले भन्नुभयो, “यो खाडी क्षेत्रका मुलुकहरूको चासोको बिषय हो र घटना विश्व समुदायको चासोको पनि बिषय हो ।” विष्फोटबाट क्षति भएका दुईमध्ये एक नर्वेली र एक जापानी कम्पनीको तेल ट्याङकर रहेका र उनीहरूले खाडी क्षेत्रबाट तेल लिएर आ–आफ्नो देशतर्फ गएको हुनसक्ने विश्वास गरिएको छ । यद्यपि यसबारे विस्तृत विवरण आउन बाँकी छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले घटनामा इरानको सम्लग्नता भएको बलियो आधारहरू रहेका भन्दै वासिङ्टन आफ्ना सहयोगी मुलुकहरूको सुरक्षाका लागि प्रतिवद्ध रहेको दावी गर्नुभएको छ । इरानको विदेशमन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत् आरोपको खण्डन गरेको छ । तेहरानले आरोप पूर्णरूपमा ‘आधारहीन’ रहेको इरानको दावी छ । तेल प्रयोगका हिसाबले विश्वका प्रमुख आठ ठूला मुलुकमध्ये चीनले गत बर्ष इरानमाथि अमेरिकी प्रतिबन्धपछि पनि तत्कालका लागि तेल आयात गर्नसक्ने बताएको थियो । तर उक्त छुटको प्रावधान मे महिनामा अन्त्य भएको अमेरिकाले घोषणा गरेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले किर्गिजिस्तानको बिस्केकमा भएको इरानी समकक्षी हसन रौहानीसँगको भेटमा इरानी आणविक सम्झौताको समर्थनमा चीनको पूर्ण सहयोग रहने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा